जनकपुरमा करोडौंको शौचालय प्रयोगविहिन 

जनकपुरमा करोडौंको शौचालय प्रयोगविहिन 

जनकपुरधाम- प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सार्वजनिक शौचालयको अभावले खुल्ला स्थानमा दिशा–पिसाब गर्न बाध्य छ ।शौचालयको आभावको कारणले सर्वसधारणहरु सर्वजनिक स्थानहरुमा ओत लाग्न वाध्य छन । सार्वजनिक शौचालयको अभावमा यहाँ आउने आगन्तुकहरू खुला रूपमै दिसा–पिसाब गर्न बाध्य हुन्छन्। जबकि, सरकारी निकायको बेवास्ताका कारण लाखौं खर्चेर निर्माण गरिएको एक शौचालय प्रयोगविहीन छ। सोही शौचालय अहिले बासस्थान भएको  पाइएको छ। सरसफाइको काम गर्ने एक परिवारले शौचालयलाई नै बासस्थलको रूपमा प्रयोग गर्दै आएको पाइएको हो।सरकारी बेवास्ताका कारण करोडौं खर्चिएर जनकपुरका बिभिन्न स्थानहरुमा बनाईएको सार्वजनिक शौचालय प्रयोग विहिन हुँदा बाहिरबाट आउने आगन्तुक तथा स्थानीयलाई सास्ती खेप्नुपरेको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको शहर जनकपुरधाम अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका लागि शौचालय व्यवस्थापन नहुँदा सास्ती खेप्नुपरेको छ । 

तत्कालिन जिल्ला बिकास समिति, तत्कालिन जनकपुर नगरपालिका, बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद् सहितका सरकारी निकायले करोडौं खर्चेर बिभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरेपनि व्यवस्थापनको अभावमा खण्डरमा परिणत भएको छ । तत्कालीन जिल्ला विकास समिति धनुषाबाट १ लाख ९० हजार ९ सय ९, जनकपुर नगरपालिकाबाट ९५ हजार ४ सय ५४ र एलजिसीपी परियोजनाबाट  १९ लाख ९ हजार तथा जनसहभागिताबाट १ लाख ९० हजार ९ सय ९ गरी कूल २३ लाख ८६ हजार ३ सय ६३ रुपैयाँको लागतमा शौचालय निर्माण गर्ने सम्झौता भएपनि हालसम्म उक्त शौचालयको निर्माण पुरा हुन सकेको छैन् । 

१ सय ४१ बर्गमीटर क्षेत्रफलमा २६ वटा कोठा सहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणको सम्झौता भएपनि निर्माणाधिन अवस्थामै शौचालय जीर्ण भएको छ । ‘शौचालयमा प्लास्टर, ढोका, झ्याल केही पनि लगाइएको छैन । पानीका लागि मोटर, धारा केही पनि जडान गरिएको छैन । भवनमा कमसल इट्टा र निर्माण सामग्रीको प्रयोगल सुविधा सम्पन्न भनिएको शौचालय प्रयोगमा नआउँदै भत्किन लागिसकेको छ’ स्थानीय सुशिल कर्णले भने । 

जनकपुरधाम उप–महानगरपालिका ४ स्थित गंगासागरको दक्षिण स्मशानघाट नजिकै बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्ले ६ वर्ष अघि ३१ लाखको लागतमा शौचालय निर्माण गरायो । तर व्यवस्थापकीय कमजोरीका कारण शौचालय उपयोगबिहिन हुन पुगेको स्थानीय रामकेवल साहले बताए । ‘शौचालय प्रयोगमा नआएपछि केही वर्षदेखि त्यहाँ केही मानिसले आफ्नो बासस्थान बनाईसकेको छ । सार्वजनीक शौचालय नीजि व्यक्तिले व्यक्तिगत रुपमा प्रयोग गर्दैछ ।’ शौचालय बनेको स्थानमा सोही वरिपरिका डोम चमार तथा डोम समुदाहरु बस्दै आएका छन् । 
यसैगरी ऐतिहासिक बाह्रविघा रङ्गभुमी मैदानमा धार्मिक मेला, महोत्सवमा आउने पर्यटकलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०६५÷०६६ मा थालिएको निर्माण कार्यको अहिले सम्म सम्पन्न भएको छैन् । बाह्रबिघाको उत्तरपूर्व कुनामा भारतीय राजदूतावासको आर्थिक सहयोगमा बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्ले निर्माण थालेको थियो । ३५ लाखको लागतमा निर्माण सुरु भएको शौचालयको १० वष भईसक्दा समेत सुचारु हुन सकेको छैन् । 

यता बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का प्रशासकीय अधिकृत चिरञ्जिबि ढुङ्गानाले भारतीय राजदूतावासको सहयोगमा बनेको शौचालय तथा बाह्रबिघामा सौन्दर्यीकरणमा अनियमितताको आशंकापछि अख्तियार फाईल भएकोले काम गर्न नसकेको प्रतिक्रिया दिए । ‘बाह्रविघा सौन्दर्यीकरण, गंगासागर घाटमा मास्क लाईट, पर्खाल, गेट, शौचालय लगायत अन्य कूल ७ करोडको बजेटमा अख्तियारको छानविनपछि भुक्तानी रोकिदा ठेकेदारले हस्तान्तरण नर्दा अलपत्र परेको छ’ उनले भने ।

शौचालय सार्वजनिक शौचालय अस्थायी राजधानी जनकपुरधाममा

संम्बधित खबर

विशेष