News राजनीति

पाण्डवले कौरवसंग खुट्टा टेक्ने ठाउँ मागे जस्तै ओलीसँग चुनावको टिकट माग्छौंः नेता भुसाल

पाण्डवले कौरवसंग खुट्टा टेक्ने ठाउँ मागे जस्तै ओलीसँग चुनावको टिकट माग्छौंः नेता भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी अहंकारले पार्टी विभाजनतिर गएको वताएका छन् ।

प्रेस चौतारी नेपाल (नेपाल पक्ष) ले विहिवार वुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएका हुन्। तर, पार्टी विभाजन हुन नदिने पक्षमा आफुहरु रहेको उनले वताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेपछि पार्टी विभाजनतर्फ लागेको उनले वताए । 

अध्यक्ष ओलीको कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले टिप्पणी छ।

प्रधानमन्त्री ओलीले वाम गठबन्धनको सरकार भत्काएर महन्थ ठाकुरहरुसँग मिलेर सरकार टिकाउन खोजेको उनले आरोप लगाए । उनले भने–‘मुलुकको सबैभन्दा बिसंगत विषय भनेकै वाम गठवन्धनको सरकार भत्काएर विपरीत मुद्दा र सिद्धान्त बोकेकासंग गठबन्धन गरेर सरकार टिकाउनु हो।

आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने, चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसंग खुट्टा टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।

‘हामीले अब गर्ने भनेको अन्तरसंघर्ष नै हो, चुनावको टिकट बाँड्ने बेलामा पाण्डवले जस्तै खुट्टा मात्रै टेक्ने ठाउँ माग्छौं, त्यो पनि नदिए कार्यकर्ताको निर्णय अनुसार अघि बढ्छौं।’

नेकपा एमाले घनश्याम भुसाल प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी अहंकार पार्टी विभाजनतिर

विशेष