News विदेश स्वास्थ्य

संक्रमण नियन्त्रणभन्दा वाहिर जान थालेपछि दिल्लीमा कर्फ्यू घोषणा

संक्रमण नियन्त्रणभन्दा वाहिर जान थालेपछि दिल्लीमा कर्फ्यू घोषणा


नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।

दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भच्र्युअल पत्रकार सम्मेलन मार्फत् कर्फ्यु बारे जानकारी गराएका हुन् । कफ्र्यु अवधि शुक्रवार राति १० वजेदेखि सोमवारसम्म रहने बताइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कफ्र्यू अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । 

सिनेमा हल तीस प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने मुख्यमन्त्री केजरीवालले बताए। मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । 

मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन्  । दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । 

संक्रमणबाट बुधबार मात्र १ सय जनाको मृत्यु भएको थियो । भारतमा वुधवार २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमणबाट १ हजार ३८ जनाको मृत्यु भईसकेको छ। 

नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर भारतको राजधानी दिल्लीमा कर्फ्यू

विशेष