News राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सरकार संकटमा

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सरकार संकटमा

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध २८ जना प्रदेससभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले बिहीबार गुरुङ्ग विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र २ जना स्वतन्त्र सांसद छन्। ति मध्ये कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जसपाका २ जना सदस्यले हस्ताक्षर गरेका छन्।

गण्डकीमा नयाँ सरकार गठन तथा अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

सरकारले बुधबार मध्यरातदेखि लागू हुने गरी चालु अधिवेशन अन्त गरेपनि अविश्वासको प्रस्ताव दर्ता भएको हो । अधिवेशन अन्त्य भए पनि अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने ब्यवस्था छ। तर, विशेष अधिवेशन नबोलाएसम्म पेश भएको अविश्वासको प्रस्ताव सांसदमा पेश हुन पाउँदैन।

संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने हुन्छ। गण्डकीमा १५ सांसद रहेको कांग्रेसले मात्रै चाहेमा पनि अधिवेशन बोलाउनुपर्ने हुन्छ। यससँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गर्ने तयारी पनि भइरहेको बताइएको छ।

गण्डकीका मुख्यमन्त्री गुरुङ अविश्वासको प्रस्ताव दर्ता सरकार संकटमा

विशेष