News राजनीति

सरकारनिकट सांसदहरूवाटै अन्य सांसदहरुको चरित्र हत्या भयोः कँडेल

सरकारनिकट सांसदहरूवाटै अन्य सांसदहरुको चरित्र हत्या भयोः कँडेल

कर्णाली प्रदेशसभाका एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारनिकट सांसदहरूवाटै अन्य सांसदहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसको निन्दा गरेका छन् ।

शुक्रवारबाट शुरू भएको प्रदेशसभा अधिवेशनलाई सम्वोधन गर्दै कँडेलले एमालेमा सांसदहरूको चरित्र हत्या गर्ने किसिमले गतिविधि र प्रचारवाजी भईरहेकोले त्यसो नगर्न चेतावनी समेत दिए ।

‘यो नेतृत्वले नै गरेको होला त म भन्दिनँ, तर नेतृत्वसँग जोडिएका नेता–कार्यकर्ताबाट जे गतिविधि देखिएको छ, त्या गलत हो। म सम्मानित सभाबाट भन्न चाहन्छु, हाम्रो दल र दलका माननीयको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याउने काम नहोस्’– उनले भने।

पार्टी केन्द्रमा विवाद भए पनि प्रदेशमा आफूहरू एकजुट रहेको उनले जिकिर गरे । ‘हाम्रो पार्टीमा सांगठनिक समस्या देशभर छन्, त्यसको हामी समाधान गर्ने छौं’ उनले भने–‘तर, केन्द्रको विवादलाई आधार बनाएर गरिने कुराहरुले न हाम्रो सम्वन्ध सुमधुर हुन्छ न राम्रो संस्कार बस्छ ।’

कर्णाली प्रदेशका ३९ जना एमाले सांसदहरू एक ठाउँ रहेको उनले बताए । 

कर्णाली प्रदेशसभा एमाले संसदीय दल यामलाल कँडेल सांसदहरुको चरित्र हत्या

विशेष