News

नेपाल र भारत प्रतिस्पर्धी होइनन, समस्या छन भने समाधान गर्न सकिन्छः ज्ञवाली

नेपाल र भारत प्रतिस्पर्धी होइनन, समस्या छन भने समाधान गर्न सकिन्छः ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इतिहाँसले वाँकी राखिदिएका नेपाल र भारतबीचका सबै खाले समस्यालाई छलफल र संवादबाट हल गर्नुपर्ने बताएका छन् ।

नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारत प्रतिस्पर्धी नभएर  दुई मित्र राष्ट्र भएकाले सीमा लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने वताए ।

इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने ज्ञवालीको विश्वास छ।

‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन’ उनले भने–‘सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं ।’

‘भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्धारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन भन्ने हामी ठान्दैनौं’ उनले भने–‘किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन । नेपाल र भारत मित्रहरु हुन । प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रहरुकाबीचमा समस्या छन भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल र भारत प्रतिस्पर्धी होइनन समस्या समाधान गर्न सकिन्छ

विशेष