News

विद्यालय तत्काल वन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

विद्यालय तत्काल वन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। बालबालिकाहरू कोरोनाको जोखिममा परेको भन्दै संसदीय समितिले यस्तो निर्देशन दिएको हो ।

शुक्रबार वसेको बैठकले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरूको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाई बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो।

विद्यार्थीमा कोरोना पुष्टि भइसक्दा पनि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन भईरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम अझै बढाएको समितिले निष्कर्ष निकालेको हो।

‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरुको सुझाव तथा छलफलअनुसार हाम्रा बालबालिकाहरू अत्यन्तै जोखिममा देखिएका छन्’  समितिले निर्देशनमा भनेको छ –‘स्कुलहरुमा कोरोना संक्रमण भएको पुष्टि भइसक्दा पनि चरम लापरबाही गर्ने स्कुलहरुलाई अनुगमन गरी कडा कारबाही गर्न र विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा हुने सिकाई तत्काल बन्द गरी वैकल्पिक विधिबाट (भर्चुअल) पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ।’

प्याब्सन, एन प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको र निर्बाध स्कुल सञ्चालन गर्न दिएको एक सदस्यले आरोप लगाए।

राष्ट्रियसभा दीगो विकास तथा सुशासन समि तत्काल विद्यालय बन्द सरकारलाई निर्देशन

विशेष