News

ओलीको सत्ता लिप्साले गणतन्त्र खतरामा : अष्टलक्ष्मी

ओलीको सत्ता लिप्साले गणतन्त्र खतरामा : अष्टलक्ष्मी

नेकपा एमाले (नेपाल–खनाल पक्ष) की बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र खतरामा परेको वताएकी छिन्।

जनताको ठूलो संघर्षपछि स्थापित गणतन्त्र उनकै सत्ता लिप्साका कारण सपाप्त हुने स्थितिमा पुगेको उनको भनाई छ।

नेपाल पक्षीय एमालेको काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफ्नो कुर्सी जोगाउने खेल खेलेको आरोप लगाईन।

विशेष