News राजनीति

ओलीलाई गलहत्याउन जे सुकै गर्न तयार प्रचण्ड सरकारलाई दिएको समर्थन किन लिदैनन् फिर्ता ?

ओलीलाई गलहत्याउन जे सुकै गर्न तयार प्रचण्ड सरकारलाई दिएको समर्थन किन लिदैनन् फिर्ता ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड जुनसुकै सर्तमा केपी शर्मा ओलाीलाई सरकारवाट हटाउन चाहन्छन् । कुनै सिप नलागे कांग्रेस वा जनता समाजवादीलाई सरकारको नेतत्व हस्तान्तरण गरेर पनि ओली नेतृत्वको सरकार गलहत्याउन उनले धेरै प्रयास गरे ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर उनले धेरै पटक प्रधानमन्त्री वनि दिन आग्रह गरिसके। जनता समाजवादी पार्टीका नेताहरुसँग पनि उनले यस्तो आग्रह गर्ने गरेका छन् । तर, कांग्रेस र जसपा दुवैले वास्ता नगरेपछि प्रचण्डको प्रयास सफल हुन सकेको छैन।

अर्कोतर्फ, ओलीलाई फाल्न जे सुकै गर्न तयार भएर अरुलाई सुमसुम्याउदै हिडेका प्रचण्डको आफनै पार्टीले भने ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे अहिलेसम्म निर्णय लिन सकेन। बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भएपनि ठोस निर्णय आएन । त्यस विषयमा केही दिनमा निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘शनिबार वा आइतबार स्थायी कमिटीको औपचारिक बैठक बसेर निर्णय गछौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दा निर्णय लिनका लागि केही समय पर्खेका हौँ’– उनले भने। सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि पत्र लेख्न मात्रै बाँकी रहेको उनको भनाई छ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन। प्राविधिक रूपमा हामीले पत्र नलेखेको मात्रै हो। अदालतको निर्णयले पार्टी दुईवटा बनाएपछि उहाँहरूले मागेको पनि छैन हामीले दिएका पनि छैन’ उनले भने, ‘सबै राजनीतिक दललाई अन्त्मि निर्णय माग गरेका छौँ। उहाँहरुले स्पष्ट रुपमा आफ्नो धारणा राखेपछि निर्णय लिन्छौँ।’

माओवादीले प्रतिगामीहरुको सरकार ढालेर अग्रगामी तथा प्रतिगामी कदम विरुद्ध आन्दोलन गरेका शक्तिहरुको नेतृत्वमा सरकार वनाउन चाहेको श्रेष्ठ वताउँछन् ।

‘प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो। हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ। हामी अरुलाई लाद्न सक्दैनौँ’– उनले भने ।

माओवादी केन्द्र समर्थन फिर्ता

विशेष