News

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कंकालिनी–१ भारदह (कोशी ब्यारेज) बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको हो । मृतकका एक श्रीमती, छोरा र छोरी छन्।
 
हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको छ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रुघ्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको हो स्थानीय राजु शर्माले जानकारी दिएका छन् । 

जंगली हात्ती एक जनाको मृत्यु हनुमाननगर कंकालिनी नगरपालिका

विशेष