News

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ शम्भुनाथ मन्दिर जाने गेट अगाडी बसले एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालक सिरहाको सुखिपुरका करिब ४५ वर्षीय छेदीलाल कामतको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । शुक्रवार विहान करिब साढे ३ बजे पुर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको ना ६ ख ७८९२ नम्बरको बसले बिपरित दिसा तर्फ जादै गरेको स.१च ५५२ न.को एम्बुलेन्सलाई ठक्कर दिएको थियो । दुर्घटनामा मृत्यु भएको कामतको शवलाई पोष्टमार्टमको लागी गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजबिराजमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । यता एम्बुलेन्सलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेपनि चालक फरार भएका छन् । फरार भएका चालकको खोज तलास जारी रहेको तथा यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्कर सप्तरीमा बस

विशेष