News

विद्यालय दुई सिफ्टमा चलाउन आग्रह, बन्द गर्ने अधिकार स्थानीय तहलाई

विद्यालय दुई सिफ्टमा चलाउन आग्रह, बन्द गर्ने अधिकार स्थानीय तहलाई

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयले शुक्रवार विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो । स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई शत्रमा विद्यालय चलाउन विज्ञप्तिमा आग्रह गरिएको छ।

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरिएको छ । 

मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ । तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन अपिल गरिएको छ भने संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कोरोना संक्रमणको जोखिम दुई सिफ्टमा विद्यालय सञ्चालन सरोकारवालालाई आग्रह

विशेष