News राजनीति

प्रधानमन्त्री ओलीलाई प्रश्नः के कारण समातिएर १४ बर्ष जेल परेँ भन्ने हेक्का छ ?

प्रधानमन्त्री ओलीलाई प्रश्नः के कारण समातिएर १४ बर्ष जेल परेँ भन्ने हेक्का छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सन्दर्भ र उखान टुक्का हालेर भाषण गरेपनि कतिपय अवस्थामा आफ्नै कुरो आफैँतिर फर्केको समेत चाल नपाउनुभएको हो कि भन्ने प्रतीत हुन्छ ।

यसबीच उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा र माधवकुमार नेपाललाई खुइल्याउने नाममा मोहम्मद आफ्ताब आलमको अपराधसँग जोडेर कुरो उठाएका छन्।

०६४ को चुनावताका रौतहटमा मान्छे मराएका आलमलाई ०६७ को गठबन्धन सरकारमा मन्त्री बनाउन पठाउने पार्टी नेपाली काङ्ग्रेस थियो, त्यही सरकारमा हालका रास्ट्रपति बिद्यादेवी भण्डारी र लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलसहित सुजाता कोइराला,राजेन्द्र महतो,बिजय गच्छदार पनि थिए।

तर, त्यस्तै घटना र विगत जोडिएका गृहमन्त्री रामबहादुर थापा बादललाई भने आफ्नै मन्त्रीमण्डलमा राखिरहेका छन्। १७ हजारको ज्यान लिने भनी केपी ओलीद्वारा सबैभन्दा बढी आलोचित बादल त जनयुद्धका सैन्य परिकल्पनाकार समेत हुन।

आलमकै जिल्ला रौतहटमा प्रभू साहको छवि कस्तो छ,उनीबिरुध्द अदालतमा कति मुद्दा बिचाराधीन छन् । त्यो पनि दुनियाँलाई थाहा छ । प्रभूलाई अहिले रोजेको मन्त्रालयसहित ओलीले पुस ५ को असम्बैधानिक कदमलाई साथ दिएवापत सरकारमै राखेका छन्।

कुनै राजनीतिक पार्टी र दलका नेतालाई विगतको राजनीतिक घटना र आन्दोलनसँग जोडेर बद्ख्वाईं गर्दा आफू स्वयम् बर्गशत्रु सफायाको घोषित झापा आन्दोलनका जिल्ला सचिवको नाताले के कारण रौतहटबाट समातिएर १४ बर्ष जेल परेको थिएँ भन्ने हेक्का पनि नराखेको हो कि भन्न थालिएको छ ।

यता मुलुक समृद्धिको मार्गमा प्रवेश गर्यो भनिरहँदा कोरोना महामारीमा समेत युवाहरु विदेश छाडेर स्वदेश आउन सकेका छैनन् । अझ यता गणतन्त्रको दुहाई दिइरहँदा नेपाली युवा अधिकांश राजतन्त्र भएका मुलुकमा पसिना चुहाउन बाध्य देखिन्छन् ।

मध्यपूर्वका साउदी अरेबिया, कुवेत,कतार,ओमान,बहराइनका साथै मलेसिया, जापान, अस्ट्रेलिया, नर्वे, बेलायतमा राष्ट्रपति होइन विभिन्न स्वरुपका राजा छन् । त्यहाँ गणतन्त्र होइन,राजतन्त्र छ । र,गणतन्त्र आएको देश नेपालका नागरिकलाई राजतन्त्रात्मक ती मुलुकतिर ताँती लगाएर उनको रगत,पसिनाको कमाइमा देशको अर्थतन्त्र धानिएको छ ।

तर,प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाम्रो गणतन्त्रको प्रशँशा गर्दैमा फुर्सद छैन ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का हालेर भाषण आफ्नै कुरो आफैँतिर

विशेष