News

तिव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तिव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भक्तपुर नगरपालिका–१ चुनदेवीमा शुक्रवार विहान तिव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको हो । सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाँके नेपालगञ्ज घर भइ काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर साल्पासिलिछो चौकीडाँडा घर भइ पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरीको मृत्यु भएको जनाईएको छ ।

दुर्घटनाबाट घाइते दुवैको मध्यपुर अस्पताल नयाँ थिमिमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । 

विशेष