News

प्रचण्ड भन्छन्– कर्णालीमा जस्तै लुम्बिनी र गण्डकीमा पनि देखाई दिन्छौं

प्रचण्ड भन्छन्– कर्णालीमा जस्तै लुम्बिनी र गण्डकीमा पनि देखाई दिन्छौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा जस्तै लुम्बिनी र गण्डकी प्रदेशमा पनि केपी ओलीलाई देखाई दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रवहादुर शाही लाई वहुमत पुर्याउन नेकपा एमालेका माधव नेपाल पक्षिय ४ जना सांसदले फ्योर क्रस गरेका थिए। एमाले सांसदवाट विस्वासको मत पाएपछि मुख्यमन्त्री साहि अर्को संकट नआएसम्मका लागि वलियो भएका छन्।

राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने उनले दाबी गरे।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैले खुसियाली मनाएको तर प्रतिक्रियावादी र उग्र गुटवादीहरुलाई त्यो नतिजा सैह्य नभएको भन्दै उनले तिनै षडयन्त्रकारीको षडयन्त्रका कारण देशको राजनीति अहिलेको अवस्थामा आईपुगेको उनले वताए ।

 ‘केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो । तर केपी र केपी नजिकका केही उग्र गुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो’ उनले भने–‘त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ ।’

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका लागि अर्को मुख्य मन्त्रीको नामसहित अघि वढिसकेको उनले जानकारी दिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका उनले लुम्बिनीमा पनि झण्डै बहुमत सांसदको हस्ताक्षर संकलन भइसकेको वताए । 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड कर्णालीमा जस्तै लुम्बिनी र गण्डकीमा देखाई दिने चेतावनी

विशेष