दिल्लीमा अक्सिजन रेमेडेभिसर औषधिको अभाव:केजरिवाल
दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले कि गत २४ घण्टामा दिल्लीमा कोरोना संक्रमणको झण्डै २४ हजार नयाँ संक्रमित थपिएको जानकारी दिएका छन ।
उनले दिल्लीमा अक्सिजन र कोरोनाको उपचारमा प्रयोग गरिने रेमेडेभिसर औषधिको पनि अभाव रहेको जानकारी दिए । यो दिल्लीमा दैनिक रेकर्ड कोरोना संक्रमण को रेकर्ड संख्या हो । शुक्रबार दिल्लीमा १९ हजार ४ सय ८६ संक्रमित फेला परेका थिए भने १४१ व्यक्तिको मृत्यु थियो ।
केजरीवालले भने कि दिल्लीमा आईसीयू बेडको संख्या सीमित बताउदै अक्सिजन आपूर्ति र आईसीयू बेड निरन्तर रहेको बताए । यद्यपि उनले यो पनि भने कि कोरोना संक्रमणको घटना द्रुत गतिमा बढिरहेको छ र सरकारले यो महामारीलाई रोक्न आवश्यक कदम चाल्दै छ । केजरिवालले बिरामी र अक्सिजनको आपूर्ति बढाउने सम्बन्धमा केन्द्रीय स्वास्थ्य मन्त्री डां हर्षवर्धनसँग कुराकानी गरेको जानकारी दिए ।
उनले भने, “मलाई आशा छ कि अर्को दुई तीन दिनमा हामी छ हजार ओछ्यान थप्न सक्नेछौं । महामारीको सबैभन्दा खराब अवस्था कहिले आउने छ कसैलाई थाहा छैन ।