News राशिफल

२०७८ वैशाख ४ गते शनिवारको राशिफल

२०७८ वैशाख ४ गते शनिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साहसिक काम वन्ने छन्। शैक्षिक क्षेत्रमा उन्नती हुने छ। सामाजिक सदभाव वढ्ने छ। कामप्रति रुची जाग्ने छ। प्रसंसा प्राप्त हुने योग छ। स्वास्थ्य सामान्य रहला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मध्यान्हपछिको समयमा सफलता मिल्ने छ। अचल सम्पत्तिको समस्या समाधान हुने छ। पारिवारीक सदभाव जाग्ने छ। शिक्षा सामान्य रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कठिन परिश्रमले सफलता मिल्ने छ। प्राकृतिक संकट टर्ने छ। स्वास्थ्यमा क्रमिक सुधार आउने छ। मानसिक चिन्ता हट्ने छ। पारिवारीक सहयोग प्राप्त हुने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आयश्रोत घट्ने छ। सत्रुको सामना गर्नु पर्ने छ। पारिवारीक समस्या र स्वास्थ्यका कारण खर्च वढ्ने छ। आस गरेको ठाउँवाट सहयोग प्राप्त हुने छैन । राजनीतिक संकट वढ्ने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पारिवारीक सुख मिल्ने छ। प्राकृटिक संकट टर्ने छ । शिक्षामा निराशा वढ्ने छ। सामाजिक प्रतिष्ठा वढ्ने छ। स्वास्थ्य सामान्य रहला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
राजनीतिक संकट वढ्ने छ। पाठशाला सम्वन्धी  काममा अपजस आउन सक्छ। आर्थिक संकट भने टर्ने छ। वैदेशिक यात्रा लाभदायक छ। शिक्षा सामान्य रहन्छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक कार्यमा सहभागि हुने अवसर मिल्ने छ। स्वास्थ्यमा क्रमिक सुधार आउने छ। ब्यापार ब्यवसायमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा सामान्य अवरोध देखा पर्ने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समस्याहरु क्रमिक रुपमा समाधान हुँदै जानेछन्। राजनीतिक मानसम्मान प्राप्त हुने छ। शिक्षामा हौसला जाग्ने छ। आफनो कला र सिपको राम्रो मुल्यांकन हुनेछ। स्वास्थ्य सामान्य रहन्छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अदालती अवरोध हट्ने छ। ब्यापार ब्यवसाय फस्टाउने छ। सामाजिक काम गर्ने मौका मिल्ने छ। वैदेशीक यात्रा गर्नु पर्ने अवस्था आउन सक्छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विहानको समयमा आरोप लाग्न सक्छ। आफनो उत्पादनको उचित मुल्यांकन हुने छ। शिक्षामा मान पदवी मिल्ने छ। सन्तान प्राप्तिको योग छ। स्वास्थ्य सामान्य रहला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आकस्मिक रुपमा धन प्राप्त हुने छ। प्राकृतिक विपत्ति टर्ने छन् । मान पदवी प्राप्त हुने छ। राजनीतिमा राम्रो मुल्यांकन हुने छ। खानपिनमा विशेष ध्यान दिनु पर्ने समय छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भुमी सम्वन्धि विवाद वढ्ने छ। पारिवारीक सहयोग मिल्ने छ। राजनीतिक संकट टर्ने छन् । वैदेशीक क्षेत्रमा सफलता मिल्ने छ। छाती र घाँटीको समस्याले सताउन सक्छ।


– शेषराज पराजुली

राशिफल

विशेष