News

यात्रु सवार बस र टिपर ठोक्किदा १७ जना घाइते

यात्रु सवार बस र टिपर ठोक्किदा १७ जना घाइते

जनकपुरधाम, ।

धनुषामा बस र टिपर एक आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । मिथिला नगरपालिका वडा नम्बर ९ लालगढमा शनिवार दिउँसो बस र टिपर एक आपसमा ठोक्किदा बसमा सवार १७ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पुर्व पश्चिम लोकमार्गमा वीरगंजबाट विराटनगर तर्फ जादै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र को.१ख. ६६९१ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

घाइते भएका १७ जना मध्ये एकको अवस्था गम्भिर रहेको धनुषा प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक ४२ वर्षिय केशव संग्रौलाको दुबै खुट्टा र हातमा गम्भिर चोट लागेको छ । त्यस्तै पर्साका रानीघाट ८का ४० वर्षिय नन्दु बैठा, मोरंङ्ग विराटनगर महानगरपालिका वडा नम्बर ४का ४५ वर्षिय बद्री भुजेल, सप्तरी हरीपुर चितामन ७का ३० वर्षिया आशा देवी चौधरी, सप्तरी कञ्चनपुरका महिनारायण पंडित, सर्लाही बाग्मती नगरपालिका वडा नं. ८की पर्वता ठकुरी, हरिपुर नगरपालिका वडा नं. १ की यम कुमारी खडका, हरिवन ५का सुजित महरा, अभिषेक महरा, सर्लाही बाग्मति नगरपालिकाकी रामप्यारी देवी महतो, ईश्वरपुर नगरपालिकाकी सोनु कुमारी महतो, पर्सा विरगंजकी अस्मिता पटेल, सम्झना पटेल, आयुष पटेल, अंश पटेल, रितेश पटेल र सिरहा गोलबजारका रुपा शाही ठकुरी घाइते भएकी छिन् । घाइते हुनेमा बालबालिकाहरु समेत रहेका छन् ।

मिथिला नगरपालिका ठोक्किदा

विशेष