News राजनीति

प्रचण्डकै लाईनमा भिम रावल, ओलीलाई दिए चेतावनी

प्रचण्डकै लाईनमा भिम रावल, ओलीलाई दिए चेतावनी

नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले जस्तै नेकपा एमालेका नेता भीम रावलले पनि कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन्।

सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै नेता रावलले यस्तो चेतावनी दिएका हुन्। उनी खनाल–नेपाल पक्षका प्रदेश इन्चार्ज हुन्।

कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध भएको बताएका उनले आवश्यक परे सुदूरपश्चिम प्रदेशलगायत अरु प्रदेशमा पनि कर्णाली प्रदेशकै अवस्था सिर्जना हुने बताए। 

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकलाई हटाउन लगाएर विवादको बिउ रोपेको रावलले आरोप लगाए। 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कर्णालीमा जस्तै लुम्बिनी र गण्डकी प्रदेशमा पनि केपी ओलीलाई देखाई दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रवहादुर शाही लाई वहुमत पुर्याउन नेकपा एमालेका माधव नेपाल पक्षिय ४ जना सांसदले फ्योर क्रस गरेका थिए। एमाले सांसदवाट विस्वासको मत पाएपछि मुख्यमन्त्री साहि अर्को संकट नआएसम्मका लागि वलियो भएका छन्।

नेकपा माओवादी पुस्पकमल दाहाल प्रचण्ड नेकपा एमाले भीम रावल कर्णाली प्रदेशको अवस्था देशैभर

विशेष