News राजनीति

मन्त्री आङ्वुहाङ भन्छन्– पत्रको जवाफ दिने/नदिने कुराले के औचित्व राख्छ र ?’ 

मन्त्री आङ्वुहाङ भन्छन्– पत्रको जवाफ दिने/नदिने कुराले के औचित्व राख्छ र ?’ 

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता त्यागेर एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री वनेका टंक आङ्बुहाङले आफुलाई सोधेको स्पष्टिकरणको जवाफ नदिने भएका छन् ।

दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

उनलाई सोधिएको स्पष्टिकरणमा भनिएको छ–‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ? प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ (१) र ३२ (२) खको प्रतिकूल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’

उनले २४ घण्टाको अवधिमा त्यो स्पष्टिकरणको जवाफ दिएका छैनन् । जवाफ लेख्नुको औचित्य पनि नभएको उनको भनाई छ ।

माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् । स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको उनले बताए । ‘अर्काे दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र ?’ 

यता माओवादी केन्द्रले भने सातौं हिउँदे अधिवेशनको चौथो वैठक वस्नु अघि नै आङ्वुहाङलाई कारवाही गर्ने तयारी गरेको छ । बैठक चैत २३ गते बस्दैछ । माओवादीले उनलाई पदमुक्त गरे उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् । 

मन्त्री टंक आङ्बुहाङ स्पष्टिकरण

विशेष