News

गायिका वन्ने भन्दै भारत छिरेका ७ बालिकालाई राती नै नेपाल ल्याईयो

गायिका वन्ने भन्दै भारत छिरेका ७ बालिकालाई राती नै नेपाल ल्याईयो

महोत्तरीबाट हराएर भारतीय क्षेत्रमा फेला परेका ७ जना बालिकालाई वुधवार राती करिव ११ वजे नेपाल ल्याईएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा उद्धार गरिएका उनीहरुलाई राती नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

मंगलवार घाँस काट्न भनेर घरबाट निस्केको समयदेखि नै हराएका उनीहरु भारत बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा फेला परेका थिए । स्थानीयको सहयोगमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।

भंगाहा नगरपालिका–८ धर्मपुरा घर भएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान मुम्वई जाने भन्दै त्यहाँ पुगेका थिए ।

उनीहरुले ‘गायिका बन्न’ भारतको मुम्वई हिडेको भारतीय प्रहरीलाई वताएका थिए । 

बालिकाहरु भिट्टामोडबाट अटो चढेर बिहारको सितामढीस्थित रेल्वे स्टेसन पुगेको पाइएको छ। 
 

बालिका महोत्तरी रेल्वे स्टेसन

विशेष