News राजनीति

के हो प्रचण्ड र देउवाको सहमती, विश्लेषक भन्छन्– स्वार्थ मिले परिस्थिती वद्लिन सक्छ !

के हो प्रचण्ड र देउवाको सहमती, विश्लेषक भन्छन्– स्वार्थ मिले परिस्थिती वद्लिन सक्छ !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आईतवार गृहजिल्लामा पुगेर राजनीतिमा निकै ठुलो उतारचढाव आउने संकेत गरे । कर्णाली प्रदेशमा एमाले सांसदले नै फ्लोर क्रस गरेको अवस्थालाई हेर्दा प्रचण्डको संकेतलाई अर्थपुर्ण रुपमा हेर्नु पर्ने हुन्छ।

तर, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको कुरालाई लिने हो भने राजनीतिले अहिले तत्कालै नयाँ मोड लिईहाल्ने अवस्था छैन। ‘प्रचण्ड’ले गृह जिल्ला चितवन पुगेर केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुने दाबी गरे। 

उनले छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्ने बताउँदै त्यसको अन्तिम तयारीमा रहेको दादवी गरे। प्रचण्डले लगभग सबै कुरा मिलसकेको वताए । कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसंग उल्लेख गर्दै उनले भने– ‘अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ।’

कर्णालीमा वनेको समिकरण काठमाडौंमा बन्नसक्ने संभावना बलियो बन्दै गएको प्रचण्डले संकेत गरेका छन्। 
प्रचण्डको भनाईलाई आधार मान्ने हो भने केपी ओली सरकार हटाउन माओवादीले नेपाली  कांग्रेससँग तालमेल गरेको अनुमान लगाउन सकिन्छ। तर, कांग्रेस सभापति देउवाका कुरा सुन्ने हो भने प्रचण्डको कुरा अझै पनि सत्य भन्दा धेरै टाढा देखिन्छ। नेपाली कांग्रेसका सभापति देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्न नसक्ने बताएका छन् । 

आइतबार बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । 

यसरी हेर्दा तत्कालै राजनीतिले नयाँ मोड लिने अवस्था नदेखिएपनि नेपालको राजनीति सिद्धान्त र आदर्शमा नचल्ने भएकाले स्वार्थ मिल्नासाथ जस्तो परिस्थिती पनि आउन सक्ने विश्लेषकहरु वताउँछन् ।

नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णाली प्रदेश फ्लोर क्रस राजनीतिमा उतारचढाव

विशेष