News स्वास्थ्य

कोरोना संक्रमण पुष्टि भएका युवक हेल्थ डेस्कवाटै फरार

कोरोना संक्रमण पुष्टि भएका युवक हेल्थ डेस्कवाटै फरार

वीरगन्जस्थित सीमा नाकामा कोरोना संक्रमण पुष्टि भएका ४ मध्ये वीरगन्जका गुप्ता थर भएका एक संक्रमित फरार भएका छन् । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतवार एन्टिजेन प्रविधिबाट परीक्षण गरिएका मध्ये ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

आइतवार कोरोना पुष्टि भएका मध्ये एक नेपाली र ३ भारतीय गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ५३ जनाको स्वाब लिएमा मध्ये ती युवक रिपोर्ट नआइकन फरार भएको पाईएको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी स्वाब संकलनमा व्यस्त भएको मौका पारेर उनी फरार भएको जनाईएको छ । मोबाइल पनि स्वीच अफ गरेर फरार भएका ती युवकको खोजी भइरहेको नाकामा खटिएका प्रहरीले जनाएका छन्।

चैत २३ देखि बैशाख ५ गते दिउँसोसम्म भारतबाट वीरगन्ज नाका हुँदै प्रवेश गर्न लागेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ मध्ये ४ जना नेपाली र बाँकी १० जना भारतीय हुन् ।
डेस्कमा चैत २३ गते देखि एन्जिटजेन प्राविधीबाट कोरोनाको परीक्षण गर्न थालिएको हो । नाकाको हेल्थ डेस्कमा चैत २३ देखि बैशाख ५ गते दिउँसोसम्म ४ सय ४३ जनाको एन्टिजेन प्रविधीबाट परिक्षण गरिएको छ।

नाकाको हेल्थ डेस्कमा लामो समय भारतमा बसेर फर्किएका, भारतको भित्री भागबाट आउने र शंकास्पद व्यक्तिहरुको मात्रै एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।

यता, भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । 

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिने आशंका गरिएको छ।

सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, वजार र भिडभाड हुने क्षेत्रमा मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न सरोकारवालाले आग्रह गरेका छन्।

विशेष