News स्वास्थ्य समाज

भारतको सस्तो समानले नेपालमा भित्र्यायो कोरोना, एक सातामा ४ को मृत्यु

भारतको सस्तो समानले नेपालमा भित्र्यायो कोरोना, एक सातामा ४ को मृत्यु

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सस्तो समान किन्न भारतीय वजार जाने चलनले कोरोना संक्रमण नेपाल भित्रिएको वताएका छन।

जिल्ला समन्वय समिति पर्साको सभाहलमा आइतवार भएको छलफलमा मुख्यमन्त्री राउतले सीमा क्षेत्रमा ध्यान नदिँदा कोरोना संक्रमण समुदायमा फैलिएको बताए। ‘बोर्डरमा कमी कमजोरी भएपछि वीरगञ्जमा संक्रमण समुदायमा पुग्ने गरेको र वीरगञ्जबाटै देशका अन्य भूभागमा फैलने गरेको छ,’ उनले भने–‘यताका उता जाने, उताका यता आउने चलिरहन्छ, सस्तो समान किन्न रक्सौल जाने चलन छ। त्यसै क्रममा संक्रमण पनि भित्रिन्छ।’

उनले जनताको जीवन रक्षाका लागि कडा रुपमा प्रस्तुत हुन पनि आग्रह गरे । मानिसहरु मास्क किन्न र लगाउनै छोडेको वताएका उनले मास्क र पीपीई वाँड्ने भए त्यसको प्रवन्ध प्रदेश सरकारले गर्ने वताए । कोरोनाको अर्को स्वरुप आइसकेको र स्थिति भयावह भएको उनको भनाई छ। 

संकट पर्दा नसघाउने निजी अस्पतालको दर्ता खारेजीको प्रक्रिया शुरु गर्नुपर्ने उनले जिकिर गरे। ‘प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पताललाई एम्बुलेन्स र शवबाहन खरिद गर्न रकम दिएको छ’ उनले भने–‘तर, कतिपय जिल्लामा रकम नै खर्च गर्न नसकेको पाईएको छ।’

छलफलमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न प्रशासनसँग आग्रह गरे। वीरगञ्जमा संक्रमण समुदाय स्तरमै फैलिएपछि पछिल्लो साता ४ जनाले ज्यान गुमाई सकेका छन्।

प्रदेश २ मुख्यमन्त्री लालबाबु राउत सस्तो समानले कोरोना संक्रमण नेपालमा

विशेष