News राशिफल

२०७८ वैशाख ५ गते आईतवारको राशिफल 

२०७८ वैशाख ५ गते आईतवारको राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनीतिक उल्झनको निकास निस्कने र नेतृत्व प्राप्त हुने छ। भाईवहिनीको सहयोग प्राप्त हुने छ। शिक्षामा सुधार आउने छ। स्वास्थ्य सामान्य रहन्छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वोलीको प्रभावले कठिन भन्दा कठिन काम पनि वन्ने छन् । सामाजिक प्रतिष्ठा वढ्ने छ। पारिवारीक सुख प्राप्त हुने छ। वैदेशिक यात्रा फलदायी हुनेछ। घाँटीको समस्याले सताउन सक्छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्राकृतिक संकट टर्नेछ। राजनीतिक क्षेत्रमा मान प्रतिष्ठा पाईनेछ। ब्यापार ब्यवसाय सफल रहने छ। शिक्षामा हौसला प्राप्त हुनेछ। 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। राजनीतिमा संकट आई पर्ने छन्। शिक्षामा खासै रुची वढ्ने छैन। खानपानका कारण स्वास्थ्यमा असर पर्नेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आयश्रोत वढ्ने छ। सत्रु पराजित हुनेछन् । वैदेशीक यात्राको योग छ। ब्यापार ब्यवसायमा सफलता मिल्ने छ। शिक्षामा मान सम्मान मिल्ने छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कामको उत्तरदायित्व वढ्नेछ। राजकिय मान सम्मान प्राप्त हुनेछ। सवारी साधनमा सतर्क रहनु पर्ला। शिक्षा सामान्य रहन्छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक काममा रुची वढ्नेछ। पाठशाला, धर्मशाला, सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक प्रतिष्ठा वढ्ने छ। शिक्षमा रुची जाग्ने र उन्नती पनि हुनेछ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ। मानसम्मान पाउने सम्भावना छ। शारीरिक समस्या क्रमिक रुपमा सुधार हुनेछ। राजनीतिक सफलता मिल्नेछ। शिक्षामा रुची घट्ने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
राजनीतिक समस्या समाधान हुनेछन्। विरोधीहरु पराजय हुनेछन्। शिक्षामा पद प्रतिष्ठा पाईने छ। प्रेम प्रस्ताव आउने सम्भावना छ। ब्यपारमा उन्नती हुने छ। स्वास्थ्य सामान्य रहला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कठिन परिश्रमले सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने छ। ब्यपार सामान्य रहन्छ। चोरीको भय देखिएको छ। शिक्षा सामान्य रहन्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आत्मिय मित्रसँग भेट हुने छ । खानपानको कारणले समस्या आउन देखिन्छ। ब्यापार ब्यवसायमा वाध आउने छन्। शिक्षामा रुची घट्ने छ। शान्ति र सुख मिल्ने छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पराक्रम वढ्ने छ। विरोधीहरु पाखा लाग्ने छन् । शिक्षा क्षेत्रमा उचित मुल्यांकन हुनेछ। सवारी साधन आदि विलासी चिजमा रुची वढ्नाले खर्च पनि वढ्नेछ। वैदेशिक यात्राको योग छ। स्वास्थ्य सामान्य रहन्छ।

– शेषराज पराजुली

राशिफल

विशेष