News

पुर्व राजा ज्ञानेन्द्रलाई सयपत्रीको मालासहित पञ्चकन्याको स्वागत

पुर्व राजा ज्ञानेन्द्रलाई सयपत्रीको मालासहित पञ्चकन्याको स्वागत

कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्केका पुर्व राजा ज्ञानेन्द्रलाई पञ्चकन्याले सयपत्री फूलको मालासहित राजधानिमा स्वागत गरेका छन् ।

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएका ज्ञानेन्द्र शाह आईतवार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले भब्य स्वागत गरे । 

‘नेपालमा स्वागत छ’ लेखिएको ब्यानरसहित पुगेका समर्थक तथा अन्य विभिन्न समूहले शाहलाई स्वागत गरेका थिए ।

विमानस्थलबाट बाहिरिएलगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरे। 

ज्ञानेन्द्र शाह

विशेष