News राजनीति

कर्णालीमा फ्लोर क्रस गर्ने तीन नेताले लिए मन्त्रीको सपथ

कर्णालीमा फ्लोर क्रस गर्ने तीन नेताले लिए मन्त्रीको सपथ

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले आईतवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने एमालेको माधव नेपाल समूहका तीन सांसदलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमा नियुक्त गरेका थिए । 

नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमर थापालाई भौतिक पूर्वाधारमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरिएको छ।

माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई वहुमत पुर्याउन नेकपा एमालेका माधव नेपाल पक्षिय प्रकाश ज्वालासहित ४ जना सांसदले फ्योर क्रस गरेर विश्वासको मत दिएका थिए। एमाले सांसदवाट विस्वासको मत पाएपछि मुख्यमन्त्री साहि अर्को संकट नआएसम्मका लागि वलियो भएका छन्।

कर्णाली प्रदेश फ्लोर क्रस नवनियुक्त तीन मन्त्री पद तथा गोपनीयताको शपथ

विशेष