News विदेश

अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या भएको छ। 

स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिए।

नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे। अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । 

मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यहीक्रममा उक्त घटना भएको हो ।
(रासस–एएफपी)

अफगानिस्तानको जलालाबाद शहर मस्जिदमा बन्दुकधारीले गरेको आक्रमण एकै परिवारका आठ जनाको हत्या

विशेष