News फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस

यात्रुको पर्खाइमा डुङ्गा चालक– पोखरा महानगरपालिका–३१ लेखनाथस्थित वेगनास ताल छेउमा यात्रुको पर्खाइमा डुङ्गा चालक ।

 

कुवामा पानी भर्दै बाहुनीडाँडाका वृद्धवृद्धा– घर नजिकै खानेपानीको धारा नभएपछि कुवामा पानी भर्दै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वृद्धवृद्धा । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका अधिकांश  बासिन्दा कुँवा, खोला तथा दूधकोशी नदीबाट बोकेर ल्याएको पानी पिउन बाध्य छन् ।

 

पदयात्रामा सहभागी– तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा पदयात्राका लागि पुगेको टोली । व्यास –११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ ।

 

स्थानीयवासीद्वारा पदयात्राका टोलीलाई स्वागत– तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा पदयात्राका लागि पुगेको टोलीलाई स्वागत गर्न बसेका स्थानीयवासी । व्यास –११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ ।

 

गाउँपालिका लागि जग्गा व्यवस्थापन– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रशासकीय भवन निर्माणका लागि व्यवस्थापन गरिएको जग्गा । सो भवन निर्माणका लागि २३ जना जग्गाधनीले गाउँपालिकालाई निःशुल्क रुपमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरेका छन् ।

 

जस्ता पाता वितरण– दाङको दंगीशरण गाउँपालिका वडा नं ७ का नागरिकलाई खरका छाना हटाउने अभियानअन्तर्गत जस्तापाता वितरण गर्दै गाउँपालिका ।

 

बलिका लागि राखिएका राँगा– बैतडीको मेलौली भगवती मन्दिरमा बलिका लागि राखिएका राँगा । यहाँ चैते दशैँका अवसरमा मेला लागेको छ ।  कोरोनाको दोस्रो लहरको खतरालाई ध्यानमा राखी सरकारले २५ जनाभन्दा बढी भेला नहु्न आग्रह गरेको भए पनि यहाँ जनस्वास्थ्यका मापदण्डबिनै मेला लागेको हो ।

 

कोभिडविरुद्ध  खोप लगाउन लामबद्ध सर्वसाधारण– मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण । अस्पतालमा ४० देखि ६० वर्षको उमेर समूहलाई वैशाख ३ देखि ५ गतेसम्म खोप लगाइएको छ ।

 

पर्यटकको पर्खाइमा डुङ्गा– पोखरा महानगरपालिका–३१, बेगनास ताल  छेउमा पर्यटकलाई  सयर गर्नका  लागि राखिएका डुङ्गा ।

 

आहाराको खोजीमा बकुला– दाङका किसानले हिउँदेबाली भित्र्याएपछि खेतमा आहाराको खोजीमा  आएका बकुलाको बथान । बकुला खेतमा  कीराफट्ङग्रा खोजेर खान आएका हुन् ।

 

सडक सफा गरिँदै– सिद्धार्थनगरको भैरहवास्थित नारायणस्थानमा ब्रुमरबाट सडक सफा गर्दै।

 

बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग– चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग । उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमीनमा रोपिएको बीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमीनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका बीउ ९० प्रतिशत उम्रिन सफल भएको किसान बताउँछन् ।

देशको दृष्य

विशेष