News राशिफल

२०७८ वैशाख ६ गते सोमवारको राशिफल 

२०७८ वैशाख ६ गते सोमवारको राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मांगलिक कामले शान्तिको अनुभूती हुने छ। सामाजिक प्रतिष्ठा वढ्ने छ। सेवाको भाव जाग्नेछ। आफन्तमा खुसी साट्न पाईने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सहज रुपमा काम वन्ने छन्। राजनीतिक संकट टर्नेछन्। वैदेशिक क्षेत्र फलदायी हुनेछ। अरुको सहयोग पाईने छ। खानपानमा ध्यान दिनु पर्ने समय छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कठिनपुर्ण कामले मात्रै सफलता पाईएला। स्वास्थ्यमा साधारण समस्या आउने छ। शिक्षामा सफलता मिल्ने छ। राजनीतिक समस्या समाधान हुने छन्। वैदेशीक यात्रा भने कष्टपुर्ण हुने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
ब्यापार ब्यवसायमा सफलता मिल्ने छ। सत्रुहरु पराजित हुनेछन्। आर्थिक कारोवारमा समस्या आउन सक्छ। वैदेशिक क्षेत्र सन्तोषजनक छ। मान सम्मान वढ्ने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आयश्रोत वढ्ने छ। धार्मिक काममा सहभागिता हुनेछ। प्रियजनसँग भेट हुनेछ। शिक्षामा मान पद्वी वढ्ने छ। सवारी साधन प्राप्तीको योग छ। स्वास्थ्य सामान्य रहला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
काममा सावधान हुने पर्ने छ। अपजस आउन सक्छ। ब्यापार ब्यवसायमा सफलता मिल्ने छ। राजनीतिक नेतृत्व मिल्ने छ। सामाजिक प्रतिष्ठा वढ्ने छ। आफन्तको सहयोग मिल्ने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
भाग्याको उदय हुने योग छ। राजनीतिक सफलता मिल्ने छ। वैदेशिक यात्रा फलदायी हुने छ। वाहन प्राप्ति हुनेछ। धार्मिक कार्यमा सहभागि हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतिष्ठामा आँच आउन सक्छ। सावधान भएर कम गर्नु पर्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ। राजनीतिमा कठिन परिश्रमले मात्रै सफलता पाईने छ। स्वास्थ्य सामान्य रहन्छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
प्रेममा मनमोटाव आउन सक्छ। प्राकृतिक विपत्ति सहनु पर्ला। आयश्रोतमा कमी आउने छ। ब्यापार ब्यवसायमा मन्दी आउने छ। शिक्षा क्षेत्र राम्रो छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विश्वासको कमी हुनाले काममा कठिनाई वढ्ने छ। राजनीतिमा सफलता पाईने छ। शिक्षामा निरासा उत्पन्न हुने छ। वैदेशिक यात्रा पुर्ण रुपमा सफल हुने छ। खुट्टाको समस्याले सताउन सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
उत्पादन÷रचनाले उचित स्थान पाउने छ। शारीरिक परिश्रम भन्दा वुद्धि र विवेकको प्रयोगले सफलता पाउने समय छ। खानपानको कारणले स्वास्थ्यमा समस्या आउला। ब्यापार ब्यवसायमा औषधीजन्य वस्तुले स्थान पाउने छ। शिक्षामा निराशा उत्पन्न होला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विश्वासघात हुन सक्छ। सवारी साधनमा सतर्क रहनु होला। शिक्षामा रुची वढ्ने छ। पदोन्नतीको सम्भावना छ। वैदेशिक क्षेत्र कष्टपुर्ण हुनेछ।
 

– शेषराज पराजुली

राशिफल

विशेष