प्रदेश नम्बर २ फेरि बन्दै कोरोनाको हटस्पट, छैन स्वास्थ्य सर्तकता

प्रदेश नम्बर २ फेरि बन्दै कोरोनाको हटस्पट, छैन स्वास्थ्य सर्तकता


वीरेन्द्र रमण
जनकपुरधाम
नेपाल भारतसंग खुला सिमाका कारण नेपालका जिल्लाहरु कोरोना  संक्रमणको उच्च जोखिम क्षेत्र बन्न थालेको छ । खुला सिमाको कारणले विना स्वास्थय सर्तकता अपनाएर जसरी सहज रुपमा आवतजावत भईरहेको छ । यसले जोखिम निकै बढाएको छ । करोनाको जोखिम बढेपनि सिमावर्ति क्षेत्रका स्थानियवासीहरु बेखबर जस्तै देखिएका छन ।

उनिहरु स्वास्थ्य सतर्कता अपनाउन सकेका छैन भने भिडभाड समेत अत्याधिक देखिएको छ ।बजारहरुमा अत्याधिक भिभाड हुने गरिएको छ भने सवसाधारणहरु स्वास्थ्य सर्तकता समेत देखाउन छाडेक छन । ग्रामीण भेगमा समेत बजारहरुमा भिडभाड देखिने गरिएको छ भने सर्वसाधारणमा समेत सतर्कता देखिएको छैन । जनकपुरको अधिकांस विद्यालयहरुमा स्वास्थ्य सर्तकता देखिएको छैन भने अनुगमनको जिम्मेवारी लिएको स्थानिय पालिका निस्फीक्री बनेका छन ।  पोहोर साल विरगज,धनुषा,महोत्तरी,बारा पर्सा सहितका जिल्लाहरुमा अत्याधिक संक्रमण बढेको थियो । अहिले आएर विरगन्जनमा अत्याधिक देखिएको छ भन विस्तारै अन्य जिल्लाहरुमा समेत दिनप्रतिदिन संख्या बढि रहेको छ ।  नारायण अस्पताला कोभिड संयोजक डा.सरोज रोशन दासले निकै गम्भीर अवस्था हो यो ,निके सेचत हुनुपर्ने र समुदायका सबै मानिस सावधानी अपनाउनु पर्ने बताए । उनले अहिले फेरि कोरोना समुदाय स्तरमा नै पसी सकेको तथ्यांकले देखाउने गरिएको बताए । प्रदेश नम्बर २को समाजिक विकास मन्त्रालयले सार्वजनिक गर्ने गरिएको कोरोनाको तथ्यांकले समेत यस्तो भयावह अवस्थालाई संकेत गरेको देखिएको छ ।  
प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशालनले दिएको जानकारी अनुसार शनिवार २४ घण्टामा पादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टीजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा १ वटा पोजिभिट रहेको र पिसिआर विधिबाट २० वटा नमुना परिक्षण गर्दा ५ वटा पोजिटिभ केस पाइएको जनाइएको छ । निर्देशनालयका अनुसार धनुषामा ४,महोत्तरीमा २,सर्लाहीमा १,रौतहटमा ८,बारामा ४,पर्सामा ५० जना नयां संक्रमित फेला परेका छन । त्यसैगरि प्रदेश नम्बर २मा अहिले सम्म जम्मा सक्रिया संक्रमितको संख्या ३४६ जना रहेको छ । जसमा पुरुष २सय २९,महलिा ११७ जना रहेको निर्देशनालले जनाएको छ । 
शुक्रवार मुख्यमंत्री लालबाबु राउतको अध्यक्षतामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकले प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतना फैलाउने, माक्स,सेन्टिराइजर, प्रयोग गर्ने तथा भौतिकदुरी कायम  राख्न अनुरोध गर्ने, पिसिआर टेष्ट गर्न, विरामीहरुलाई उपचारकोलागी आवश्यक पर्ने थप जनशक्तिको विवरण जिल्ला संकट व्यवस्थापन समिती बाट निणर्य गराई अविलम्ब पेश गर्ने, स्थानीय तहमा कम्तिमा एक वटा आइसुलेसन सेन्टर बनाउन आग्रह गर्ने, र प्रदेश स्तरिय कोरोना अस्पताल निमार्ण गर्न तुरन्त प्रकृया थालनी गर्ने निणर्य गरिएको छ । 
 

प्रदेश नम्बर २ खुला सिमा कोरोना  संक्रमण

संम्बधित खबर

विशेष