गृहमन्त्री थापाको सांसद पद गुम्यो

गृहमन्त्री थापाको सांसद पद गुम्यो


काठमाडौ
माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । उनि राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै  राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।
 

गृहमन्त्री माओवादी केन्द्र रामबहादुर थापा

संम्बधित खबर

विशेष