News प्रवास राजनीति

एनआरएनए अध्यक्षका प्रत्यासी लामिछानेको पक्षमा भर्जिनियामा कार्यक्रम ! 

एनआरएनए अध्यक्षका प्रत्यासी लामिछानेको पक्षमा भर्जिनियामा कार्यक्रम ! 

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सन २०२१–२०२३ कार्यकालका लागि चुनावी गर्मी सुरु भएको छ। यसैक्रमा अध्यक्ष पदमा उम्मेदवार कृष्ण लामिछानेको पक्षमा भर्जिनियाँमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएनएको ‘मर्दा र पर्दाको साथी’ बनाउनका लागि लामिछानेलाई जिताउन आग्रह गरिएको थियो । 

संसारका ८० भन्दा बढी देशहरुमा कृयाशील एनआरएनको राष्ट्रिय समितिहरु मध्य सदस्य संख्याका आधारमा एनआरएन अमेरिका सबैभन्दा ठूलो संस्था हो । एनआरएनए अमेरिकामा झण्डै २१ हजार सदस्यहरु छन् ।

लामिछानेले एनआरएनएलाई ‘मर्दा र पर्दाको साथी’ बनाउने योजनाका साथ आफुले उम्मेदवारी दिएको वताएका छने । ‘च्याप्टरहरुलाई शक्तिशाली बनाउने, महिला र युवाहरुको सकृयता बढाउने, स्थायी सचिवालयको व्यबस्था गर्ने, सहमति र सहकार्यका आधारमा अघि बढ्ने मेरो प्रमुख एजेण्डा हो’–उनले भनेका छन् ।

एनआरएन आइसिसीका नीति, कार्यक्रमहरुलाई पुरा गर्नु नै आफनो उदेश्य रहेको वताएका उनले तर स्थानीय रुपमा अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि आइपर्ने सबै खालका कामहरुमा आफु पछि नहट्ने वताए । उनले आफू विजयी भएमा दुई वर्षको अवधि पुरै संस्थाका लागि छुट्याएको पनि उनले घोषणा गरेका छन् । 

पछिल्लो समयमा नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढ्दै गएको र त्यसको समाधानका लागि एनआरएनको तर्फबाट परामर्श सेवा लगायतका कार्यक्रमहरु अघि बढाउन जरुरी रहेको, दोहोरो नागरिकता र कर सहितका मुद्धामा एनआरएन आइसिसीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । 

कृष्ण लामिछाने विगत दुई दशकदेखि अमेरिकाको टेक्ससस्थित ड्यालसमा बसेर नेपाली समाजको हक र हितका लागी निरन्तर लागी परेका छन् । 

लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २००७ मा आइसिसीको दोहोरो नागरिकता समितिको सदस्य थिए । त्यस्तै आइसिसीको नेपाली भाषा सािहत्य समितिको संयोजक, आइसिसीको मानार्थ सदस्य तथा एनआएरए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर काम गरिसकेका छन् । २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष हुदै सामाजिक संघ संस्थामा लामिछानको अग्रसरता बढेको हो ।

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका सन २०२१–२०२३ कार्यकाल अध्यक्ष पदमा उम्मेदवार कृष्ण लामिछाने

विशेष