News

औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास असफल, घनश्याम भुसालप्रति आशंका

औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास असफल, घनश्याम भुसालप्रति आशंका

बुटवल उपमहानगपालिका स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रयास स्थानीय प्रशासनले असफल वनाएको छ। शनिवार दिउँसो र राती गरी दुई पटकसम्म सयौं सर्वसाधारणले जग्गा कब्जा गर्ने प्रयास गरेका थिए ।

आफूहरु सुकुम्बासी भएको र त्यहाँ बस्न पाउनुपर्ने भन्दै उनीहरुले औद्योगिक क्षेत्रको एक सय ११ बिगाहा जग्गा कब्जा गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले मोतिपुर औद्योगिक करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङसमेत गरिसकेको स्थानीय प्रशासनले जनाएको छ।

जग्गा कब्जा गर्न बुटवलको नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर तिलोत्तमाको सिमानगरÞ, डिंगरनगरलगायतका ठाउँबाट सर्वसाधारणहरु आएको जनाईएको छ ।

सुकुम्बासीका लागि घडेरी खुलेको हल्ला सुनेर आफूहरु आएको सर्वसाधारणले वताएका छन् । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको जानकारी पाएपछि प्रहरी प्रशासनको सहकार्यमा हटाउने प्रयास भएको जानकारी दिए ।

बुटवल उपमहानगपालिकाको–१७ का वडाध्यक्ष सन्तबहादुर रानाले जग्गा कब्जामा स्थानीयवासी सहभागि नभएको र वाहिरवाट आएको वताए । औद्योगिक क्षेत्र विस्तारको विरोध गर्ने राजनीतिक दल नै जग्गा कब्जा गर्ने नियतले अघि वढेको आरोप लगाएका छन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कुनै हालतमा पनि कब्जा गर्न नदिईने जनाएको छ । 

गत २१ फागुनमा औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्थानीयवासीद्वारा लखेटिएका थिए । यसअघि पुर्व मन्त्री घनश्याम भुसालले स्थानीयका माग पूरा नगरी शिलान्यास नगर्न चेतावनी दिदै यदि त्यसो भए स्थानीयले कार्यक्रम विथोल्ने वताएका थिए ।

तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीयको एउटा समूहबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध अगाडि बढाउने सहमति भएको छ ।

बुटवल उपमहानगपालिका मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा स्थानीय प्रशासनले असफल घनश्याम भुसालप्रति आशंका

विशेष