News राजनीति

पदमुक्त भएका गृहमन्त्री थापाको ठाउँमा होला त ३५ दिनमा उपनिर्वाचन ?

पदमुक्त भएका गृहमन्त्री थापाको ठाउँमा होला त ३५ दिनमा उपनिर्वाचन ?

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका गृहमनत्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खोसिएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न चैत २७ गते लिखितपत्र पेश गरेका थिए। सोहि पत्र बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आइतवार स्वीकृत गरेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

योसँगै उक्त रिक्त पदबहालीका लागि ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने वाध्यता आएको छ। राष्ट्रियसभा निर्वाचन ऐन २०७५ अनुसार पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र तोकेको मितिमा उपनिर्वाचन गराउनु पर्ने उल्लेख छ ।

संसद् सचिवालय गृहमनत्री रामबहादुर थापा ‘बादल’ सांसद पद खोसियो

विशेष