News राजनीति

कम्युनिस्टहरुले धर्म मान्दैनन् भन्नु ६० वर्ष पुगेपछि गोली ठोक्छन भने जस्तै होः प्रचण्ड 

कम्युनिस्टहरुले धर्म मान्दैनन् भन्नु ६० वर्ष पुगेपछि गोली ठोक्छन भने जस्तै होः प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरुले धर्म–संस्कृति मान्दैनन् भन्नु ‘६० वर्ष पुगेपछि गोली ठोक्छन भने जस्तै हो’ भन्दै कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताएका छन् ।

जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्धन, त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र संवेदनशील हुने दाहालको जिकिर छ।

माडीको अयोध्यापुरीमा बन्दै गरेको धार्मिक संरचना निरीक्षण गर्दै अध्यक्ष दाहालले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको वताए । ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ’– उनले भने।

अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने उनको भनाई थियो । 
 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्टहरुले धर्म मान्दैनन् ६० वर्ष पुगेपछि गोली ठोक्छन

विशेष