News राजनीति

अन्त्य भयो प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन 

अन्त्य भयो प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन 

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन आईतवारदेखि अन्त्य भएको छ । 

मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका छन् । 

आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए। 

हिउँदे अधिवेशनको अन्तिम दिन मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्न पाएनन् । अन्तिम दिनको बैठकमा पनि प्रतिपक्षी दलहरूले विरोध जनाएपछि राईले सम्वोधन गर्न नपाएको एक सदस्यले जानकारी दिए।

विशेष