News अपराध सुरक्षा

भाउजुको हत्या गरी आत्मसमर्पण गर्न ट्क्यासी चढेर प्रहरी कार्यालय

भाउजुको हत्या गरी आत्मसमर्पण गर्न ट्क्यासी चढेर प्रहरी कार्यालय

काठमाण्डौमा एक ब्यक्ति भाउजुको हत्या गरी आफै प्रहरी कार्यालयमा पुगेका छन् । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेर देवर नाता पर्ने मोहन राजभण्डारी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पुगेका हुन् ।

देवर ४८ वर्षिय मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए। ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भाउजुको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।

भाउजुको हत्या गरिसकेपछि मोहन आफैं ट्याक्सीमा महानगरीय प्रहरी कार्यालय टेक पुगेका थिए। गेटमा ड्युटी बसेका प्रहरीले राति प्रहरी कार्यालय किन आएको भनेर सोध्दा उनले भाउजुको हत्या गरेको र आत्मसमर्पणका लागि आएको बताएका थिए।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

विशेष