News स्वास्थ्य

कोरोना वढेपछि इनरुवाका विद्यालय अनिश्चित कालका लागि वन्द

कोरोना वढेपछि इनरुवाका विद्यालय अनिश्चित कालका लागि वन्द

सुनसरीमा कोरोना संक्रमण वृद्धि भएको छ। नेपाल–भारतबीच खुला सिमानाका कारण संक्रमितको संख्या वृद्धि भएको हो ।

भन्सार कार्यालय र आधिकारीक नाकाहरुमा आवतजावत कडाइ गरिए पनि खुला सिमाना भएकाले सबैतिर आवतजावतमा नियन्त्रण गर्न सकिएको छैन । भण्टाबारी नाकामा हेल्प डेस्क राखिए पनि लुकिछिपी आवत जावत गर्नेको संख्या अझै नरोकिएको स्थानीहरु वताउँछन् ।

संक्रमितको संख्या बढेकाले विद्यालय, हाटबजार, भेला हुने कार्यक्रम बन्द गर्न स्थानीय तहलाई जिम्मा दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

संक्रमितको संख्या बढेसँगै इनरुवा नगरपालिकाका विद्यालय अनिश्चित कालका लागि वन्द गरिएको छ । विद्यार्थीमा कोरोना संक्रमण हुन थालेको र संक्रमण समुदायस्तरमा फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको इनरुवाका नगरपालिकाले जनाएको छ।

इनरुवा–५ बलाहाको एक निजी विद्यालयमा अध्ययनरत १३ वर्षीय बालक र आमावावु समेतलार्य कोरोना पुष्टि भएपछि अन्य विद्यालय पनि बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले बताए।

सुनसरीका इनरुवा बाहेक अन्य ११ स्थानीय तहले भने हालसम्म विद्यालय वन्द गर्ने÷नगर्ने विषयमा निर्णय लिएका छैनन्। 

सुनसरीमा कोरोना संक्रमण वृद्धि नेपाल–भारतबीच खुला सिमाना संक्रमितको संख्या वृद्धि

विशेष