News

वादल गृहमन्त्रीमा पुनः नियुक्त

वादल गृहमन्त्रीमा पुनः नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेता रामबहादुर थापा (वादल) लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा थापा पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आईतवार जारी विज्ञप्तिमा जनाइएको छ ।  

थापाको राष्ट्रियसभा सदस्य पद खोसिएपछि आइतबार पदमुक्त भएका थिए। नेकपा माओवादी केन्द्रले थापाले दल त्याग गरेको पत्र चैत २७ गते नै संसदमा दर्ता गराएको थियो। सोहि  पत्रका आधारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आइतबार थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएको निर्णय गरेका थिए।

राष्ट्रियसभा सदस्यसँगै गृहमन्त्री पद गुमेका थापा आइतबार नै पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

संघीय संसदको सदस्य नहरेको व्यक्ति संविधानअनुसार ६ महिनासम्म मन्त्री बन्नसक्ने प्राबधान छ। त्यसपछि मन्त्रिपरिषदमा निरन्तर रहनका लागि संघीय संसदको कुनै पनि सदनको सदस्य हुनुपर्ने संवैधानिक प्रावधान छ।

विशेष