News

नियम विपरित मध्यवर्ती छेउमै सःमिल, वन अधिकृत भन्छन्– मैले मात्रै कारवाही गर्न सक्दिन

नियम विपरित मध्यवर्ती छेउमै सःमिल, वन अधिकृत भन्छन्– मैले मात्रै कारवाही गर्न सक्दिन

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालीका–३ मा अबैद्य सःमिल (काठ मिल) सञ्चालनमा रहँदा समेत सम्वन्धित निकायले वेवास्ता गरेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–३ (साविक पोर्ताहा गाविस १) निवासी शंकर खिडहरी यादवले नियम विपरित मध्यवर्ती क्षेत्रसँगै जोडेर सःमिल सञ्चालन गरेको स्थानीयले आरोप लगाएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका –३ पोर्ताहामा सञ्चालन गरिएको सःमिल यसअघि अन्यत्र स्थानमा सञ्चालनमा रहेको र विगत ५÷६ महिनादेखि त्यहाँ सारिएको उनीहरुको भनाई छ ।

यादवले सःमिल ठाउँसारीका लागि आवश्यक प्रकृया पनि पुरा नगरेको र सो विषयमा उजुरी गर्दा समेत सरोकारवाला निकायले वेवास्ता गरेको स्थानीय डोमी शर्माले वताए । नियमानुसार मध्यवर्ती क्षेत्रको सिमानादेखि ३ किलोमिटर वाहिर मात्रै सःमिल सञ्चालन गर्न पाईने ब्यवस्था भएपनि उक्त समिल करिव ९ सय मिटर भित्रै सञ्चालनमा रहेको उनले वताए ।

यस विषयमा आफुले डिभिजन वन कार्यालय सप्तरीमा ०७७ मंसिर ४ गते नै उजुरी गर्दा पनि सुनुवाई नभएको भन्दै डोमीले असन्तुष्टि जनाएका छन् । निवेदनको वोधार्थ घरेलु तथा साना उद्योग कार्यालयलाई समेत दिईएको छ ।

डिभिजनल वन अधिकृत सन्तोसकुमार झाले पनि मध्यवर्ती क्षेत्रसँग टासिएर सःमिल सञ्चालनमा रहेको विषयमा जानकारी पाएको वताए । सप्तरीमा नियम विपरित करिव आधा दर्जन इट्टाभट्टा पनि सञ्चालनमा रहेको जानकारी दिएका उनले जानकारी भएर पनि त्यस्ता उद्योगलाई कारवाही गर्न नसकिएको वताए । ‘मैले मात्रै चाहेर त्यसलाई कारवाही गर्न सक्ने अवस्था होईन’ उनले भने–‘त्यसका लागि समवन्धित कार्यालयहरुको एउटा समिती वन्ने र सोहि समिति मार्फत कारवाही प्रकृया अघि वढाउने ब्यवस्था छ। तर, त्यो समिति वनाउने तर्फ अहिले कुनै काम भएको छैन।’

वन अधिकृत मध्यवर्ती छेउमै सःमिल कारवाही गर्न सक्दिन

विशेष