News राजनीति

माधव नेपालहरू अर्काको पतिका लागि सति गैरहेका छन्ः प्रम ओली

माधव नेपालहरू अर्काको पतिका लागि सति गैरहेका छन्ः प्रम ओली

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेको भन्दै व्यंग्य गरेका छन् ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन्।

‘सति प्रथा अन्त्य भैसक्यो। त्यो प्रथा रहँदा पनि ती विचरा अबला नारीहरूलाई आफ्नो पतिको नाउमा सति पठाइन्थ्यो’ ओलीले भने–‘तर आज माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेछन्। आफ्नो पार्टीको सरकार ढालेर अरूको सरकार बनाउन सासदहरूलाई फाँसी चडाउँदैछन् यो यिनको ऐतिहासिक अपराध हो।’ 

ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेकाले उनीलगायतलाई कारबाहीको दायरामा ल्याइने बताए। 

‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने। कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउम हामी ’फ्लोर क्रस’ गर्नेछौं। यो सरकार तुरून्त ढाल्नुप¥यो भन्ने रोदन गर्दै घरदैलो गर्न थालेका छन्’ उनले भने–‘अराजक अस्थिर अत्यन्त घातक देशद्रोही कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरूद्ध पार्टीले कडाभन्दा कडा  कारबाही गर्नेछ।’

ओलीले प्रचण्डको दुईमुखे प्रवृत्ति रहेको वताउँदै एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने गरेको आरोप लगाए । ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने’ उनले थपे–‘माधव नेपालहरू संघीयता विरोधी अलोकतान्त्रिक अराजक अनुशासनहीन काम गर्ने समानान्तर कमिटी बनाउने र ’फ्लोर क्रस’ गराउनेसम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरूलाई लगाउनेछ।’

प्रधानमन्त्री केपी शर्मा ओली अर्काको पतिको लागि सति

विशेष