News स्वास्थ्य

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कारोना

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कारोना

कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच जना सदस्यमा कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ । भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला’ उनले लेखेका छन्–‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला।’

कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका पाँच जनामा कोरोना

विशेष