News राजनीति

नेता नेपालसहित २० भन्दा वढि नेतालाई चेतावनीयुक्त स्पष्टीकरण

नेता नेपालसहित २० भन्दा वढि नेतालाई चेतावनीयुक्त स्पष्टीकरण

नेकपा एमालेको सोमवार वसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहितका २० भन्दा वढि नेतालाई २ दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित ४ जना, कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वालासहित ५ जना र अन्य २० जनालाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक सहभागिले जानकारी दिए ।

स्पष्टिकरण सोधेर कानुनअनुसार मनासिब सफाइ पेश गर्ने मौका दिइएको एमालेले जनाएको छ। स्पष्टीकरण चित्तबुझ्दो नआए १० गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा कारबाही गरिने जनाइएको छ। 

यसअघि माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमालेले ६ महिनाको निलम्बन गरिसकेको छ।
 

नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक २ दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण

विशेष