News राजनीति

एमालेमा काल पल्क्योः प्रदेश १ मा अविश्वासको प्रस्ताव र फ्लोर क्रसको तयारी

एमालेमा काल पल्क्योः प्रदेश १ मा अविश्वासको प्रस्ताव र फ्लोर क्रसको तयारी

कर्णाली र लुम्बिनी प्रदेशपछि प्रदेश १ मा पनि अविश्वासको प्रस्तावको तयारी सुरु भएको छ।

सत्तारूढ दल एमालेको खनाल–नेपाल समूहले सघाउने वचन दिएपछि काँग्रेस र माओवादीसहितका विपक्षी दलहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रश्तावका लागि नेतृत्व गरिरहेको जनाईएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका पक्षमा छन्।

मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिएको थियो।

९३ सदस्सीय संसद्मा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्। काँग्रेससँग २१, माओवादीसँग १५, जसपासँग ३ र संघीय लोकतान्त्रिक मन्चसँग १ गरी ४० जना सांसद छन्। माओवादीले टंक आङबुहाङलाई सांसद पदबाट हटाएपछि संसद्मा ९२ सदस्य छन्। विपक्षीहरुसँग वहुमत संख्या पुग्ने अवथा छैन। वहुमतका लागि बहुमतका लागि ४६ मत आवश्यक पर्छ। 

तर, एमालेको खनाल नेपाल पक्षले फ्लोर क्रस गरेर सघाउने वचन दिएको एक नेताले यसको पुष्टि गरे। प्रदेशमा अहिले झलनाथ –माधव पक्षमा १९ जना सांसद छन्।

काँग्रेसको संसदीय दलमा पनि अविश्वास प्रस्ताव अघि बढाउने सहमति नै भएको छ। विपक्षीहरु भन्दा कडा रुपमा एमाले भित्रैको समूहले दबाब दिँदै सघाउने पनि वचन दिएपछि काँग्रेस पनि तातेको हो। माओवादी र काँग्रेसबीच काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरेर अविश्वास प्रस्ताव अघि बढाउने सहमति भएको पनि जनाईएको छ।
यसअघि गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले कर्णालीमा जस्तै लुम्बिनी, गण्डकीसहित अन्य प्रदेशमा पनि केपी ओलीलाई देखाई दिने चेतावनी दिएका थिए भने नेकपा एमालेका नेता भीम रावलले पनि कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका थिए ।

कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटना प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध भएको बताएका उनले आवश्यक परे सुदूरपश्चिम प्रदेशलगायत अरु प्रदेशमा पनि कर्णाली प्रदेशकै अवस्था सिर्जना हुने बताए। 

प्रदेश १ खनाल–नेपाल समूहले सघाउने काँग्रेस र माओवादीसहितका विपक्षी शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव

विशेष