News

प्रदेश नम्बर २ मा ७१ जना संक्रमित , स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन निर्णय

प्रदेश नम्बर २ मा ७१ जना संक्रमित , स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन निर्णय


जनकपुरधाम
प्रदेश नम्बर २ मा आज ७१ जना नयां संक्रमित थपिएका छन । प्रदेश नम्बर २का स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रिय संक्रमितको संख्या ४सय ६१ पुगेको छ । धनुषामा २ ,सिरहामा १ ,सर्लाहीमा १ ,रौतहटमा ७ ,बारामा १२ , पर्सामा ४८ जना कोरोना संक्रमित थपिएका छन ।  यता प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन आग्रह गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितिको बसेको बैठकबाट हाल बढ्दै गएको संक्रमणको दरलाई दृष्टिगत गर्दै प्रत्येक स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन स्थानीय तहहरूलाई आग्रह गर्ने निर्णय गरेको हो ।बैठकबाट बढ्दै गएको संक्रमणको नियन्त्रण तथा रोकथामका लागि साबून पानीले हात धुने, सेनिटाइजर प्रयोग र भौतिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न सम्बन्धित निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न लगाउनेसहितका ५ बुँदे निर्णय गरेको छ ।यसका साथै जनकपुरधामको मुजेलियास्थित मणिपाल कलेजमा कोभिड अस्पताल निर्माणका लागि माग आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट निकासा गर्ने र कोभिड–१९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन स्रोतको कमी हुन नदिन सामाजिक विकास मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
कोभिड–१९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अस्पताल तथा प्रयोगशालाका लागि आवश्यक जनशक्ति पहिचान गरी जिल्ला संकट व्यवस्थापन समितिको सिफारिससहित व्यवस्थापनका लागि समाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको जनाइएको छ ।

प्रदेश नम्बर २ संक्रमित

विशेष