News

लुम्विनीमा मुख्यमन्त्रीको एक्सनः अविश्वासको प्रश्तावमा हस्ताक्षर गर्नेलाई ३ घण्टामै मन्त्री

लुम्विनीमा मुख्यमन्त्रीको एक्सनः अविश्वासको प्रश्तावमा हस्ताक्षर गर्नेलाई ३ घण्टामै मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नै समेटेर मन्त्रिपरिषद बिस्तार र हेरफेर गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का ४१ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्तावमा दर्ता गराएको दर्ता भएको तीन घण्टामै मन्त्री परिषद विस्तार र फेरवदल भएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका ५ मध्ये तीन र हस्ताक्षर नगर्ने एक जनालाई मन्त्री बनाइएको छ। जसपाका सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा नियुक्त भएका छन् ।

पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए भने पाण्डेले हस्ताक्षर गरेका थिएनन्। चारै जनाले करिव ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

पोखरेलले प्रदेशका ७ मन्त्रालय फुटाएर ८ वटा बनाएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका सरकारका प्रवक्ता बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको जनाईएको छ।

विशेष