सवारी साधनले सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाउने

सरकारले एक ठाउँवाट हिडेको सवारी साधन सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने निर्णय गरेको छ। यसैगरी मास्क नलगाइ सार्वजनिक यातायात चढ्न रोक लगाएको छ ।
सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनमा मास्क नलगाइ चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय गरिएको वताए।
त्यस्तै, ठूला नगरपालिका तथा सहरका शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम बैशाख महिनासम्म अन्त्य गर्नुपर्ने मन्त्री परिषदले आदेश गरेको मन्त्री गुरुङले जानकारी दिए ।
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्ने÷गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको छ ।
सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा भनिएको छ ।
मन्त्रिपरिषद्को बैठकमा कोभिड १९ संकट व्यवस्थापन समितिले भारतको सीमा नाकामा पायक पर्ने स्थानमा कम्तीमा एक हजार जनाको व्यवस्था हुने गरी होल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।
२ सय भन्दा बढी क्षमता भएका निजी, सामुदायिक, गैरसरकारी अस्पताल तथा स्वास्थ्य संस्थासँग संक्रमितका उपचारका लागि सेवा सम्झौता गर्ने र सोध भर्ना भुक्तानी गर्ने निर्णय भएको उनले बताए ।
मन्त्रिपरिषद्को बैठक कोभिड १९ सवारी साधन बीचमा यात्रु चढाउन नपाइने सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ