News

सरकारमा सहभागि लुम्विनीका सांसदलाई जसपाको २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

सरकारमा सहभागि लुम्विनीका सांसदलाई जसपाको २४ घण्टे अल्टिमेटम (विज्ञप्तिसहित)

अविश्वासको प्रस्ताववाट पछि हटेर सरकारमा सहभागि भएका आफना ४ जना सांसदलाई जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले २४ घण्टे अल्टिमेटम दिएको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी २४ घण्टाभित्र सरकारबाट राजीनामा दिन अल्टिमेटम दिएका हुन् । पार्टीले उनीहरुलाई स्पष्टिकरण पनि सोधेको छ।

अध्यक्ष यादवले राजीनामा नदिए सांसद पद नरहने गरी कारबाही गरिने चेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरु सहभागी हुनु अनैतिक काम भएको बताएका छन्।

सोमबार नै कांग्रेस, जसपा र माओवादीसहितका ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसका तीन घण्टाभित्र जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको शपथ लिएका छन् । 

विज्ञप्ति

अविश्वासको प्रस्ताव जनता समाजवादी पार्टी सरकारमा सहभागि भएका सांसद २४ घण्टे अल्टिमेटम

विशेष