News स्वास्थ्य

कोरोना विरुद्ध दुवै डोज खोप लगाएका डा. केसीलाई देखियो कोरोना !

कोरोना विरुद्ध दुवै डोज खोप लगाएका डा. केसीलाई देखियो कोरोना !

कोरोना विरुद्धको दुवै डोज खोप लगाएका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिशिल्ड खोप लगाएका हाड जोर्नी रोग विशेषज्ञ डा. कपिलमणी केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गुल्मीको मदाने गाउँपालिकाका निवासी डा. केसी काठमाडौंस्थित नागरिक अस्पतालमा कार्यरत छन्। उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा माघ १८ गते पहिलो र चैत २२ गते दोस्रो डोज खोप लगाएका थिए । खोप लगाएपछि संक्रमण नहुने सम्भावना बढी हुने भए पनि डा. केसीलाई भने खोप लगाएपछि संक्रमण भएको हो ।

नेशनल प्याथ ल्याब बेल्बास बुटवलमा परीक्षण गराउँदा कोभिड–१९ पोजेटिभ देखिएको उनले जानकारी दिए । उनको सिटी भ्यालु २६ थियो। ७–८ दिनसम्म उच्च ज्वरो आएको केसीले वताए।

डा. केसी गत वर्ष कोरोना उच्च दरमा रहेका वेला कतिपय संक्रमितकै पनि शल्यक्रिया गरेका थिए। त्यतिबेला उनलाई संक्रमण देखिएको थिएन । अहिले केही समयका लागि अस्पतालमा बिदा लिएर बुटवलमा बस्दै आएका डा. केसीले खोप लगाइयो भनेर ढुक्क भएर नबस्न सल्लाह दिएका छन् ।

यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिशिल्ड ७० देखि ८० र भेरोशिल ८० प्रतिशत विश्वसनीय भएको भन्दै कोभिशिल्ड लगाएका ३० प्रतिशत असुरक्षित हुने तथ्यलाई भुल्न नहुने बताए।
इमेजखवरको सहयोगमा

कोरोना विरुद्धको खोप चिकित्सकलाई कोरोना कोभिशिल्ड खोप

विशेष